जाडोमा विद्यार्थीलाई न्यानो कपडा

जाडोमा विद्यार्थीलाई न्यानो कपडा

फिदिम नगरपालिका ११ को तृतिया आधारभूत विद्यालय, नाङगीनमा अध्ययनरत १ सय ५ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।

जागरण फाउण्डेसन पाँचथरको संयोजन र राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा विपन्न विद्यार्थीहरुलाई कपडा प्रदान गरिएको हो । जाडो मौसममा उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वेटर, स्टेशनरी सामान र मास्क उपलब्ध गराइएको फाउण्डेसनका अध्यक्ष प्रदिप बाँस्कोटाले जानकारी दिए ।

कपडा र सामाग्री हस्तान्तरण माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटी सदस्य राधाकृष्ण न्यौपानेले गरेका हुन् । त्यसअवसरमा उनले विद्यालयको शैक्षिक सुधार तथा अन्य सहयोगमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहयोगी संस्था बैकका शाखा प्रमुख प्रवेश खड्काले अन्य बैंकभन्दा राष्ट्रिय वाणिज्य बैंक सेवा सुविधा र सामाजिक उत्तरदायित्व तथा वित्तिय साक्षरतामा अगाडि रहेको दाबी गरेका छन् ।

कार्यक्रममा वडा सदस्य यज्ञविक्रम न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमणि भट्टराई, शिक्षक अभिभावक संघ अध्यक्ष दिपकप्रसाद न्यौपाने, प्रधानाध्यापक चित्रबहादुर सुब्बालगायतको उपस्थिति थियो ।

फाउन्डेशन आफ्नो अगुवाईमा स्वास्थ्य, शिक्षा, खेलकुद, विपद्लगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

टिप्पणीहरू