दश बुँदे पक्षधर हुनेलाई अझै दु:ख,मकवानपुरमा थप रमिता

दश बुँदे पक्षधर हुनेलाई अझै दु:ख,मकवानपुरमा थप रमिता

सर्वसम्मत नेतृत्व चयन गरिएको घोषणापछि नेकपा एमाले मकवानपुरमा रमिता देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका खास मान्छे ठानिएका एकालाल श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष भएको घोषणा आज बिहान गरिएको हो । श्रेष्ठसहित उपाध्यक्षमा लालबहादुर थापा,सचिवमा अर्का लालबहादुर थापा, महिला उपसचिवमा सीता विष्ट र अर्का उपसचिवमा हिदम लामा सर्वसम्मत भएको बताइएको थियो ।

“सोही टिमका विष्णु ढकाल,मदन दाहाललगायत सबैलाई गलहत्याइएको छ ।”

तर अध्यक्षका प्रत्यासी बद्री लम्सालले श्रेष्ठलाई अध्यक्ष अस्वीकार गरेको विज्ञप्ति निकालेका छन् । सहमति नभए चुनावी प्रक्रियामा जाने भन्दै हिजो साँझ स्थगन गरिएको अधिवेशनमा आइतबार एकाएक सर्वसम्मत नेतृत्व घोषणा गर्न तम्सेपछि लम्सालले विज्ञप्ति प्रकाशन गरेका हुन् ।

स्रोतका अनुसार १० बुँदे पक्षधर सीता बिष्ट मात्रै उपसचिव पदमा सुरक्षित भएकी छन् । सोही टिमका विष्णु ढकाल,मदन दाहाललगायत सबैलाई गलहत्याइएको छ । ढकाल उपाध्यक्ष र दाहाल उपसचिवका दाबेदार थिए ।

टिप्पणीहरू