नागरिकताविहीनहरुले सडकमा आउने तम्तयार

नागरिकताविहीनहरुले सडकमा आउने तम्तयार

नागरिकताविहीन नेपालीहरुले आमाको नामबाटसमेत नागरिकता जारी हुनुपर्ने मागसहित आज राजधानीमा प्रदर्शन गर्ने भएका छन् । उनीहरुले नागरिकता विधेयक २०७५ कार्यान्वयनको माग राखेका छन् ।

दिउँसो माइतीघरबाट नयाँ बानेश्वरसम्म प्लेकार्ड बोकेर प्रदर्शन गर्ने तयारी गरिएको आयोजकहरुले बताएका छन् । समय नखुलाइए पनि कार्यक्रमअनुसार प्रदर्शनकारीहरु माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वर जानेछन् ।

आजबाट शुरु हुने प्रदर्शन र बिरोध कार्यक्रममा उनीहरुले प्रमुख दलका नेतालाई ज्ञापनपत्र पनि बुझाउँदै छन् ।

टिप्पणीहरू