खालि चेक भिडाएर भागेका राजेन्द्र अदालतमा

खालि चेक भिडाएर भागेका राजेन्द्र अदालतमा

रकम नभएको खाताको चेक भिडाएर भागेका एक अभियुक्त समातिएका छन् । बैंकिङ कसूर मुद्दामा करिब तीन महिनादेखि फरार रहेका ४१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई आज बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठविरुद्ध उच्च अदालत पाटनले असोज १० गते ५ दिन कैद र २६ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । यसलगतै फरार रहेका उनलाई प्रहरीको अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको टोलीले बानेश्वरबाट समातेको हो ।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी पीडितलाई झुकाई सिभिल बैंकको भक्तपुर शाखाको चेक काटेर दिएका थिए ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको व्यूरोले जनाएको छ ।

टिप्पणीहरू