मोटरसाइकलमै लागुऔषधको कारोबार

मोटरसाइकलमै लागुऔषधको कारोबार

मोटरसाइकलमा राखेर लागुऔषध ओसारपसार गर्ने दुईजना समातिएका छन् । मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय सञ्जय श्रेष्ठलाई प्रहरीले लागुऔषधसहित समातेको हो ।

भक्तपुरबाट त्रिशूलडाँडातर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०२–००१ प ६६७६ नम्बरको मोटरसाइकललाई चाँगुनारायणबाट खटिएको प्रहरीले चेकजाँच गर्ने लागुऔषध फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार १२ ग्राम लागूऔषध पोल्यान्डसहित मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार सञ्जयलाई पक्राउ गरी हाल अनुसन्धान भइरहेको छ ।

होटलमा आगो झोस्ने दुई भाइ समातिए

कैलालीको एक होटलमा आगो लगाएको आरोपमा दुई जना समातिएका छन् । धनगढीमाई नगरपालिका-११ स्थित खुश्वु होटल एण्ड लजमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् ।

लेनदेनको विषयलाई लिएर उनीहरूले होटलमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट होटलको सामानहरू जलेर करिब एक लाखभन्दा बढीको नोक्सान भएको छ ।

टिप्पणीहरू