कोरोना महामारीमा कञ्चनपुर कति सुरक्षित ?

कोरोना महामारीमा कञ्चनपुर कति सुरक्षित ?

भारतसँग सीमा जोडिएको सुदूर पश्चिमको कञ्चनपुर जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । विगतमा पनि भारतबाट फर्केकाहरुको कारण उक्त जिल्लामा धेरै संक्रमित देखिएको थियो । अहिले पनि भारत आउजाउ गर्नेहरुमध्ये पश्चिमको निम्ति गड्डाचौकी नाका प्रमुख हो ।

त्यहि जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेको संख्या एक लाख ९७ हजार दुई सय ३३ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कोभिसिल्ड र एस्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार तीन सय ६२ रहेको छ । त्यस्तै, भेरोसेलको पूर्ण मात्रा लगाउनेको एक लाख ३२ हजार ३९ जना छन् । २७ हजार चार सयले जोन्सन एन्ड जोन्सन खोप लगाएको बताइएको छ ।

कोभिसिल्ड र एस्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार एक सय तीन जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार आठ सय ९८ जनाले पाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका ६३ हजार सात ३७ जना विद्यार्थीलाई मोर्डना खोपको पहिलो मात्रा दिइएको छ ।

खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत छ । हिजो मात्रै १५ हजार दुई सय जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप दिइएको छ ।

टिप्पणीहरू