बालुवाटारमा बैठक निरन्तर

बालुवाटारमा बैठक निरन्तर

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहानैदेखि बसेको छ ।

नेकपा एमालेले गरेको संसद अवरोध हटाउनेबारे बैठकमा छलफल भइरहेको बताइएको छ । त्यस्तै, सरकार सञ्चालनमा देखिएका समस्या र आसन्न राष्ट्रियसभा निर्वाचनबारे पनि छलफल भएको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी हुनुहुन्छ ।

छलफलमा गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका सदस्यहरू सामेल भएका छन् । हिजो पनि बालुवाटारमा राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । हिजोको बैठकमा समितिका संयोजक नेता रामचन्द्र पौडेलले १६ बुँदे सुझाव पेश गरेका थिए । आज सोहीबारे छलफल गर्न शीर्ष नेताको बैठक बसेको हो ।

यसअघि आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छुट्टै भेटवार्ता भएको थियो । आजै बिहान पहिले नेपाल निवास कोटेश्वरमा दाहाल र नेपालबीच केहीबेर छलफल भएको थियो ।

टिप्पणीहरू