नेताहरु पहिले कोटेश्वर, अहिले बालुवाटार

नेताहरु पहिले कोटेश्वर, अहिले बालुवाटार

सत्ता गठबन्धनका प्रमुख दलका नेताहरुबीचको भेटघाटले तीब्र रुप लिएको छ । हिजो दुई पटक भएको भेटघाटपछि आज बिहानैदेखि दौडादौड शुरु भएको हो ।

आसन्न राष्ट्रिय सभाको निर्वाचन र संसदको चालु अधिवेशनबाट एमसीसी सम्झौता पारित गर्ने सम्बन्धी विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच तारन्तार भेटघाट र छलफल भएको बताइएको छ ।

आज बिहान नेपाल निवास कोटेश्वरमा दाहाल र नेपालबीच केहीबेर भेटघाट भएको छ । त्यसपछि उहाँहरु सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको हो । आज बिहानको दुबै भेटघाटको विस्तृत विवरण आइसकेको छैन ।

टिप्पणीहरू