खराब मौसमका कारण सेना प्रमुख मारिएको निचोड

खराब मौसमका कारण सेना प्रमुख मारिएको निचोड

भारतीय सिडिएस जनरल विपिन रावत दम्पतीको ज्यान जाने गरी गत महिना भएको हेलिकोप्टर दुर्घटनाको कारण खराब मौसम भएको निचोड निकालिएको छ । दुर्घटना छानबिन टोलीको निश्कर्षमा हेलिकोप्टरमा कुनै प्राविधिक गडबडी वा वाह्य आक्रमण भएको संकेत फेला नपरेको उल्लेख छ ।

दुर्घटनामा रावतसहित १३ जनाको ज्यान गएको थियो । डिसेम्बर ८ का दिन तमिलनाडुको कुनुरमा भएको उक्त दुर्घटनाको छानबिन टोलीको नेतृत्व नौसेना प्रमुख भीआर चौधरी र अर्का एअर मार्शल मानवेन्द्र सिंहले गरेका हुन् ।

टोलीमा जल,स्थल र वायुसेनाका प्रतिनिधिलाई राखिएको थियो ।

टिप्पणीहरू