नारायणहिटीभित्रको रेष्टुरेन्टमा मेरो संलग्नता छैन : प्रधानमन्त्री पत्नी

नारायणहिटीभित्रको रेष्टुरेन्टमा मेरो संलग्नता छैन : प्रधानमन्त्री पत्नी

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बतास समूहसँग आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन् । राणाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त संस्थामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेकी हुन् ।

आरजुले सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थासँग आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै, ‘सञ्चार माध्यमहरूबाट विभिन्न संघ संस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा ध्यानाकर्षण भएको छ,’ आरजुले भनेकी छन् ।

केही एनजीओ बाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको उनको दाबी छ ।

केही दिनदेखि प्रकाशित समाचारमा आरजुलाई बतास समूहको सल्लाहकार भनिएको छ । बतास समूहले नारायणहिटी दरबारभित्र रेष्टुरेन्ट बनाएको समाचार विवरणहरुमा आरजुलाई समेत मुछिएको छ ।

टिप्पणीहरू