खेलकुद महासंघ समाजवादीको बाग्मती प्रदेश भेला बोलाइयो

खेलकुद महासंघ समाजवादीको बाग्मती प्रदेश भेला बोलाइयो

नेकपा एकीकृत समाजवादीको भातृ संगठन नेपाल खेलकुद महासंघ समाजवादीले प्रदेश भेला बोलाएको छ । आगामी बिहीबार बाग्मती प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमक आयोजना गर्न लागिएको हो ।

खेलकुद महासंघ समाजवादीको बाग्मती प्रदेश कमिटीको आयोजनामा भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।

भेला पुस २९ गते बिहान ११ बजे क्वालिटी ब्याङ्क्वेट बानेश्वरमा हुने छ । भेलालाई नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ ।

आयोजकले सम्पूर्ण अग्रगामी खेलकर्मीहरु एकजुट होऔं, समृद्ध खेलकुदसहितको समाजवाद स्थापना गरौं भन्ने नाराका साथ भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

टिप्पणीहरू