कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

जिल्ला अस्पताल पाल्पामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत नौ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्टसहित १० जना कर्मचारीको पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएकाले अस्पताल बन्द गरिएको जनाइएको छ । मेसुसहित छ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना पारामेडिक्स र एक जना ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो ।

अहिले उनीहरु सबै आइसोलेशनमा बस्नुपरेकाले अस्पतालको सेवा बन्द गरिएको जनाइएको छ । अस्पतालले सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि सबै चिकित्सकीय सेवाहरु बन्द गरिएको अस्पतालले जानकारी गराएको छ ।

टिप्पणीहरू