फेरी सर्यो काँग्रेसको १६ जिल्लाको अधिवेशन

फेरी सर्यो काँग्रेसको १६ जिल्लाको अधिवेशन

नेपाली काँग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सारेको छ । विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भए पनि फेरि सारिएको हो ।

माघ १२ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनका कारण जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर हुन् ।

 

टिप्पणीहरू