तेह्रथुममा ३ हजारबढी मतदाता थपिए

तेह्रथुममा ३ हजारबढी मतदाता थपिए

निर्वाचन कार्यालय तेह्रथुमले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा तीन हजार बढीले नाम दर्ता गराएका छन् ।

मंसिर १७ देखि २६ गतेसम्म जिल्लाका ६ वटै पालिकामा सञ्चालन गरिएको दर्ता कार्यक्रममा ३ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा १६ सय २८ महिला र २१ सय ८० जना पुरुषले नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार जिल्लामा ३७ हजार २ सय ८४ महिला र ३८ हजार ८ सय ६९ जना मतदाता छन् । जिल्ला बाहिरका १९ पुरुष र ३० महिला गरी ४९ जनाले तेह्रथुमबाट नाम लेखाएका छन् ।

टिप्पणीहरू