बालबालिकालाई खोप पुनः सुचारु

बालबालिकालाई खोप पुनः सुचारु

सिरिञ्ज अभावका कारण प्रभावित फाइजर खोप कार्यक्रम पुनः सुचारु हुने भएको छ । कोभिड १९ विरुद्धको फाइजर खोप दिन सिरिञ्ज प्राप्त भएपछि खोप कार्यक्रम फेरि सुरु गर्न लागिएको हो ।

फाइजर खोप लगाउन प्रयोग हुने ६ लाख ६६ हजार थान सिरिञ्ज आज दिउँसो नेपाल आइपुगेको छ । फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिञ्ज अभाव हुँदा काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकाले खोप पाउन सकेका थिएनन् ।

सिरिञ्ज प्राप्त भएपछि केही दिनभित्रै ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू