त्रिचन्द्र क्याम्पसमा विप्लवको प्रदर्शन

त्रिचन्द्र क्याम्पसमा विप्लवको प्रदर्शन

विप्लव निकट (अखिल क्रान्तिकारी) ले त्रिचन्द्र क्याम्पसमा विभिन्न माग राखेर विरोध प्रदर्शन गरेको छ । आज क्याम्पस इकाई कमिटीको आयोजनामा विद्यार्थीहरुका विभिन्न समस्याहरु उजागर गर्न र प्रशासनलाई दबाब दिन बिरोध प्रदर्शन गरिएको हो ।

क्याम्पसका भौतिक संरचनाहरु जीर्ण भएकाले त्यसको मर्मतसम्भार तत्काल गर्नु पर्ने क्रान्तिकारीको माग छ । उनीहरु पुस्तकालयमा पुस्तक थप गर्नु पर्ने, प्रयोगात्मक कक्षा र डिजिटल बोर्डमा पूर्णव्यवस्था गर्न माग गरिएको छ ।

क्याम्पस प्रशासनले तत्काल माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाइने क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष रविन केसीले बताए ।

टिप्पणीहरू