अख्तियारले डेढ अर्ब बिगोको मुद्दा हाल्यो

अख्तियारले डेढ अर्ब बिगोको मुद्दा हाल्यो

कम गुणस्तरको डिएपी मल किनेको भन्दै कृषि सामाग्री कम्पनी लिमिटेड र दुई वटा कम्पनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि सामाग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १० जना तथा नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिसेस प्राइभेट लिमिटेड र जोशी बीज हाउस प्राइभेट लिमिटेडविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा हालेको हो ।

कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी कृषि सामाग्री कम्पनीले आर्थिक अनियमितता गरेको, नेपाल इन्भाइरोमेन्टलले कम गुणस्तरको डिएपी मल किनेको गलत प्रतिवेदन तयार पारेको र जोशी बीज हाउसले कम गुणस्तरको डिएपी मल आपूर्ति गरेको अख्तियारले जनाएको छ ।

यसअघि डिएपी मल नेपाल सरकारले तोकेको गुणस्तरबमोजिम नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा एक अर्ब ५३ लाख २२ हजार ४ सय छ रुपैयाँ ७२ पैसा सरकारी रकम हानिनोक्सानी गरिएको पुष्टि भएको छ ।

टिप्पणीहरू