हवाई यात्रामा एनएसीका कर्मचारी र उनका परिवारलाई छुटै छुट

हवाई यात्रामा एनएसीका कर्मचारी र उनका परिवारलाई छुटै छुट

नेपाल एयरलाइन्स (एनएसी) मार्फत यात्रा गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत छुट पाउने भएका छन् । प्राधिकरण र एनएसीबीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै कर्मचारी र तिनका परिवारले यस्तो छुट पाउने भएका हुन् ।

सम्झौताअनुसार प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५ देखि १० प्रतिशत छुट पाउने छन् । सम्झौतमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले आज हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको निगम उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता जनाउनुभएको थियो ।

टिप्पणीहरू