तटरक्षक प्रमुख फेरिएसँगै लडाकू विमान किन्ने योजना

तटरक्षक प्रमुख फेरिएसँगै लडाकू विमान किन्ने योजना

भारतीय तटरक्षक (आईसीजी) को नयाँ महानिर्देशकमा वीरेन्द्र सिंह पठानिया नियुक्त भएका छन् । उनले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

पठानियाले रक्षा सेवा स्टाफ कलेज, वेलिङ्टन र नेशनल डिफेन्स कलेज, नयाँदिल्लीमा अध्ययन गरेका हुन् । उनी अघि उक्त पदमा के नटराजन थिए । जसले जुलाई १, २०१९ देखि डिसेम्बर १, २०२१ सम्म आईसीजी प्रमुखको रूपमा काम गरे ।

यसैबीच भारतीय वायु सेनाले लडाकू विमान खरिद गर्ने योजना बनाएको छ । उसले २६ वटा क्यारियर बोर्न फाइटर्स किन्न लागेको हो । उक्त योजना सेनाको मल्टी रोल क्यारियर बोर्न फाइटर (एमआरसीबीएफ) कार्यक्रमअन्तर्गत अघि बढेको हो ।

टिप्पणीहरू