शुरु भयो नयाँ वर्ष २०२२

शुरु भयो नयाँ वर्ष २०२२

भर्खरै अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएको छ । नेपाललगायत विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइएको छ ।

ग्रेगोरियन पात्रोबमोजिमको सन् २०२१ लाई बिदाई गरिएको छ । नयाँ वर्ष सन् २०२२ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

जापान, अस्ट्रेलिया, न्यूजील्याण्ड लगायत नेपालभन्दा पूर्वमा रहेका मुलुक र क्षेत्रहरुमा नयाँ वर्ष सुरु भइसकेको छ । अब बिस्तारै पश्चिमका देशहरुमा शुरु भएर अन्तमा अमेरिका, क्यानाडालगायत अमेरिकी महाद्विपमा नेपाली समयानुसार भोलि मात्रै नयाँ वर्ष २०२२ शुरु हुने छ ।

नेपालमा पनि विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरेर नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्ष मनाउन काठमाडौं, धुलिखेल, नगरकोट, पोखरा, चितवनलगायतका पर्यटकीय स्थलका होटल तथा रेष्टुरेण्टहरु आन्तरिक पर्यटकले भरिभराउ छन् ।

विश्वभर मानिसले सामाजिक सञ्जालबाट समेत नयाँ वर्ष २०२२ शुभकामना आदान प्रदान गरिरहेका छन् ।

यो उपलक्ष्यमा जनआस्था प्रकाशन हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा आमसर्वसाधारणमा नयाँ वर्ष २०२२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

टिप्पणीहरू