टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्री पुगेपछि रमझम शुरु

टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्री पुगेपछि रमझम शुरु

गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ पर्व काठमाडौंको टुँडिखेलस्थित खुल्लामञ्चमा शुरु भएको छ । बाजागाजा र झाँकीसहित ल्होसार शुरु भएको हो ।

‘राष्ट्रिय पर्व तमु ल्होसार २०७८ मा तमुहरुको अभियान, जातिय पहिचान र समानुपातिक समावेशी प्रतिनिधित्वको लागि तमुवानको आन्दोलन’ नाराका साथ कार्यक्रम थालिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा पुग्नुभएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य पार्वत गुरुङलगायत नेताहरु पनि कार्यक्रममा पुगेका छन् ।

कार्यक्रममा पूर्व प्रधानसेनापति छत्रमान गुरुङ, नेपाल प्रहरीका पूर्व डिआईजी मोती गुरुङलगायत थुप्रै व्यक्तित्वको पनि सहभागिता रहेको छ ।

गुरुङ समुदाय बाहुल्य लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, काठमाडौं लगायतका जिल्लामा यो पर्व धुमधामसँग मनाइन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

टिप्पणीहरू