भारतीय सेनाको मेजर भनी पैसा ठग्दै हिँडेका एकजना समातिएका छन् ।

भारतीय सेनाको मेजर भनी पैसा ठग्दै हिँडेका एकजना समातिएका छन् ।

सेनामा भर्ती गराइदिने बहानामा ठगी गरेको आरोपमा महाराष्ट्रको नासिकको देवलाली क्यान्टोन्मेन्ट क्षेत्रका एक जना नक्कली मेजर समातिएका हुन् ।

भारतीय सेनाको मेजरको पोशाक लगाएर ती व्यक्तिले नासिकको आर्टिलरी सेन्टरमा चलिरहेको भर्ती र्यालीमा आएका थुप्रैलाई ठगेका हुन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले भनेका छन्, ‘त्यसरी सर्वसाधारणलाई ठग्ने नासिक १ निवासी गणेश वालु पवार हुन् ।’

टिप्पणीहरू