सहकारीले पनि ब्याजदर बढाउने

सहकारीले पनि ब्याजदर बढाउने

सहकारी संस्थाहरुले पनि ब्याजदर बढाउने भएका छन् । उनीहरुको ऋण लगानीको निम्ति तोकिएको अधिकतम ब्याजदरको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन गर्न भोलि बैठक राखिएको हो ।

सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा रहेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बोलाइएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

समितिमा सहकारी र अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा विषयगत सहकारी संघका प्रतिनिधि सदस्य छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले नगद तरलता अभावसँगै ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउन सहकारी संस्थाहरुले दबाब दिँदै आएका छन् ।

हाल सहकारीहरुले ऋण लगानीमा अधिकतम १४ दशमलव ७५ प्रतिशतसम्म ब्याज लिन पाउने गरी सन्दर्भ ब्याजदर लागू गरिएको छ । अघिल्लो वर्षको कात्तिकमा लागू भएको ब्याजदर हालसम्म पुनरावलोकन भएको छैन ।

टिप्पणीहरू