झ्याल ढोका थुनेर जुवा खेल्ने जुवाडे राजधानीमै समातिए

झ्याल ढोका थुनेर जुवा खेल्ने जुवाडे राजधानीमै समातिए

राजधानीमा जाडोको समयमा झ्याल ढोका बन्द गरेर जुवा खेलिरहेका छ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिजो राति नरेफाटस्थित अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा समातेको हो ।

पक्राउ पर्नेमा रौतहट घर भएका नीलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका सुब्बा रोका र विश्वराज थापा तथा तेह्रथुम घर भएका अम्मर लिम्बु छन् ।

उनीहरुको साथबाट झण्डै दुई लाख नगद र १२ बुक तास पनि बरामद भएको महानगरीय प्रहरीले जनाएको छ । जुवाडेहरुमाथि थप अनुसन्धान भइरहेको बताइन्छ ।

हिजो न्यानोमा जुवा खेलेकाहरु आज पुसको जाडोमा प्रहरीको खोरमा पुगेका छन् ।

टिप्पणीहरू