राजधानीमा जताततै गुणस्तरहीन मदिराको प्रयोग

राजधानीमा जताततै गुणस्तरहीन मदिराको प्रयोग

काठमाडौंमा अवैध र गुणस्तरहीन मदिरा छ्याप्छ्याप्ती भेटिएको छ । प्रहरीले कोटेश्वर, नरेफाँट, जडिबुटीलगायतका क्षेत्रबाट चार सय लिटरभन्दा बढी त्यस्तो मदिरा बरामद गरेको छ ।

सो क्षेत्रका होटल, लज, खाजाघरबाट प्रहरीले उक्त परिमाणमा मदिरा फेला परेको हो । हिजो दिउँसो प्रहरीको विशेष कर्डन एण्ड सर्च अपरेशनबाट चार सय लिटर घरेलु
मदिरा फेला पारेर नष्ट गरेको छ ।

गुणस्तरहीन मदिरा बेचबिखन गरेको आरोपमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ घर भई सूर्यविनायक बस्ने १८ वर्षका लुज श्रेष्ठ, सोही गाउँपालिका घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने १९ वषएका विवेक खड्का, सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका घर भई नरेफाँट बस्ने वर्ष १८ का दिपेश जिसी र भारतको गोरखपुर घर भई हाल तिलगंगा बस्ने वर्ष १८ का पटेल केसीलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू