मोटरसाइकलमा बन्दुक बोक्ने दुई भाइ समातिए

मोटरसाइकलमा बन्दुक बोक्ने दुई भाइ समातिए

कास्कीमा एक थान भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई समातेको छ । पोखरा महानगरपालिका–३२ मजुवाबाट बन्दुकसहित माछापुछ्रे गाउँपालिका–५ का ३४ वर्षीय गणेश गुरुङ र उनका साथी समातिएका हुन् ।

तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारेको थियो ।

गगनगौंडाबाट खटिएको प्रहरी टोलीलले उनलाई नियन्त्रणमा लिएको हो । अहिले दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू