सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आज सुनको मूल्य तोलामा दूई सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुनको मुल्य तोलामा दुई सय रुपैयाँले ओरालो लाग्दै आज ९३ हजार एक सयमा कारोबार भई रहेको छ । हिजो यही सुन तोलामा ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्यसमेत आज तोलामा दुई सय रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, चाँदीको मूल्य भने हिजोकै मूल्य कायम हुँदै प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

टिप्पणीहरू