रुकुमकी महिला बलात्कार आरोपमा सल्यानका वकिल पक्राउ

रुकुमकी महिला बलात्कार आरोपमा सल्यानका वकिल पक्राउ

एक महिलालाई बलात्कार गरेको आरोपमा रुकुम प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको बनगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ३० बर्षका वकिल रोकायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ की एक महिलालाई रोकायले जबरजस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“बिवाह गर्ने प्रलोभन देखाई गत कार्तिक महिनामा ती महिलालाई बलात्कार गरेको जनाईएको छ ।”

रोकायले बिवाह गर्ने प्रलोभन देखाई गत कार्तिक महिनामा ती महिलालाई बलात्कार गरेको जनाईएको छ । उनीविरुध्द जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइने प्रहरीले उल्लेख गरेको छ । घटनाको थप अनुसन्धान शुरु गरिएको छ ।

टिप्पणीहरू