स्थानीय तहका तीन माओवादी प्रमुख एमालेमा प्रवेश

स्थानीय तहका तीन माओवादी प्रमुख एमालेमा प्रवेश

प्रदेश २ मा नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ ।

माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने खबरलगत्तै प्रदेश २ मा एमाले प्रवेश गर्ने स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो ।

ओली मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभामा जाँदै हुनुहुन्छ ।

प्रभू साह पत्नी तथा प्रदेश २ की एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।

टिप्पणीहरू