भारतीय सेनामा नयाँ पुस्ताका हतियार र सवारी साधन

भारतीय सेनामा नयाँ पुस्ताका हतियार र सवारी साधन

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेले स्वदेशमै विकास गरिएका नयाँ पुस्ताका सशस्त्र सवारी साधन तथा अन्य उपकरणहरूको पहिलो सेटलाई सेनामा समावेश गरेका छन् ।

पुनेस्थित बम्बे इन्जिनियरिङ ग्रुपमा त्यस्ता सवारी साधन र उपकरणहरूको पहिलो सेटलाई समावेश गरिएको हो । सो अवसरमा उनले भारतको पश्चिमी क्षेत्रमा सेनाले गर्ने अपरेशन कारबाहीलाई सहयोग पुग्ने बताएका छन् ।

उनले ती रक्षाउपकरण र सवारी साधनको निर्माणलाई ‘आत्मनिर्भर भारत’ को निम्ति एक महत्वपूर्ण कदम रहेको बताएका छन् ।

टिप्पणीहरू