७० वर्षे यौन अपराधी प्रहरीको फन्दामा

७० वर्षे यौन अपराधी प्रहरीको फन्दामा

जवर्जस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक जना ७० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने उदयपुर त्रियुगा नगरपालिका १२ प्रतिभा टोलका ७० वर्षीय गणेश खत्री भन्ने जयबहादुर खत्री हुन ।

उनीविरुद्ध हिजो दिउँसो एक जना युवतीलाई जवर्जस्तीकरणी गरेको आरोप छ । पीडित महिलाको आज साँझपख जाहेरीपछि खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीलाई तत्कालै उदयपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको उदयपुर प्रहरीले बताएको छ ।

टिप्पणीहरू