पाकिस्तानमा ३० वर्षमाथिका सबैलाई बुस्टर डोज

पाकिस्तानमा ३० वर्षमाथिका सबैलाई बुस्टर डोज

पाकिस्तानमा कोभिडको दोस्रो डोज खोप लगाएका सबैलाई बुस्टर डोज दिइने भएको छ ।

विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने निर्णय गरेको हो ।

आगामी १ जनवरीदेखि उक्त उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले बताएका छन् ।

यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई मात्र बुस्टर डोज दिइएको थियो ।

ओमिक्रोन भेरिएन्टको संक्रमण बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सेवाले ३० वर्षदेखि माथि उमेरका सर्वसाधारणलाई खोप लगाउन अनुरोध गरेको छ । अहिलेसम्म ९५ भन्दा बढी देशका ५८ हजारमा ओमिक्रोन भेरिएन्ट संक्रमण भएको छ ।

टिप्पणीहरू