गाँजाको पोको बोक्ने केटो च्याप्पै

गाँजाको पोको बोक्ने केटो च्याप्पै

प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का एक किशोरलाई गाँजाको पोकोसहित पक्राउ गरी कारबाही अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा मनहरी गाउँपालिका ९ स्थित पूर्वपश्चिम लोकमार्गमा हिँडिरहेका १९ वर्षीय कृष्णकुमार सुनारलाई गाँजासहित पक्राउ गरेको हो ।

हिजो राति १० बजे शंकास्पद रुपमा हिँडिरहेका सुनारको साथबाट प्रहरीले १० किलो एक सय ग्राम गाँजा फेला पारेको हो ।

अस्वाभाविक रुपमा हिँडिरहेका उनको झोला जाँच गर्दा गाँजा फेला परेको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

टिप्पणीहरू