रोक लगाउने काम नगरियोस् : पत्रकार समाज

रोक लगाउने काम नगरियोस् : पत्रकार समाज

आज बसेको प्रतिनिधि सभा बैठकमा पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाजले आपत्ति जनाएको छ । समाचार संकलनमा सहजीकरण गर्नुको सट्टा संसद सचिवालयले पटक पटक रोक लगाउने गरेकोप्रति उसले आपत्ति जनाएको हो ।

उसले आज एक विज्ञप्ति जारी गर्दै, संसद लोकतन्त्रको सर्वोच्च थलो भएकाले त्यहाँ हुने प्रत्येक निर्णय र छलफल पारदर्शी रुपमा जनतामाझ पुग्नुपर्ने उल्लेख गरेको छ । ‘समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्य मान्यता र प्रेस स्वतन्त्रतामा आँच आउने,’ समाजको ठहर छ ।

समाजका सचिव जयसिंह महराले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा यस्ता कुरा दोहोरिन नदिन संसद सचिवालयको ध्यानाकर्षणसमेत गराइएको छ ।

टिप्पणीहरू