विदेशिनेलाई खोप दिन थालियो

विदेशिनेलाई खोप दिन थालियो

विदेश जानेलाई आजदेखि कोरोनाविरुद्धको खोपको व्यवस्था गरिएको छ । कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नेपाली नागरिकको निम्ति सरकारले दोस्रो चरणअन्तर्गत खोपको व्यवस्था गरेको हो ।

काठमाडौंमा वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट जोन्सन एन्ड जोन्सनको खोप दिने व्यवस्था गरिएको छ । थप केन्द्र बनाई भोलिदेखि अन्यत्रबाट पनि खोप दिइने स्वास्थ्य कार्यालय, काठमाडौंले जनाएको छ ।

यस्तै, ललितपुरमा भोलिबाट ११ केन्द्र तोकी जोन्सन एन्ड जोन्सन खोप दिइने स्वास्थ्य कार्यालय, ललितपुरले बताएको छ । खोप लिनका लागि सम्बन्धित मुलुकको लागि तयार पारिएको ट्राभल डकुमेन्ट अनिवार्य छ ।

टिप्पणीहरू