राष्ट्रिय निकुञ्जबाट धुपी र पाखनवेदसहित ओसार्ने पक्राउ

राष्ट्रिय निकुञ्जबाट धुपी र पाखनवेदसहित ओसार्ने पक्राउ

अवैधरुपमा जडिबुटी संकलन गरी बेचबिखन गर्न लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रयाक्टर चालकलाई पक्राउ गरेको छ । पक्राउ परेका ट्रयाक्टर चालक संखुवासभा खाँदवारी नगरपालिका–३ का २३ वर्षीय अनिल दर्जी हुन् । उनले मकालु राष्ट्रिय निकुञ्जबाट अवैध रुपमा जडिबुटी संकलन गरेको आशंका प्रहरीले गरेको छ ।

हिजो दिउँसो उनलाई संखुवासभाको मकालु गाउँपालिका–३ बाट पक्राउ गरिएको हो । प्रहरीले उनले चलाएको ना.७ त ५६२१ नम्बरको ट्रयाक्टरबाट धुपी एक सय ४८ किलोग्राम र पाखनवेद ७१ किलोग्रामसहित पक्राउ गरेको हो । अवैध जडीबुटीजन्य वनस्पति बोकेको ट्रयाक्टरसहित प्रहरीले पक्राउ गरेको छ ।च्यामताङ्बाट हिँडेको उक्त ट्रयाक्टरको डालामा त्रिपालले छोपिएको अवस्थामा जडिबुटी भेटिएको हो । जडिबुटी सदरमुकाम खाँदबारीतर्फ लैजाँदै गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले बताएको छ । थप अनुसन्धानको लागि दर्जी र अवैध वनस्पति तथा ट्रयाक्टरलाई मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

टिप्पणीहरू