कर्णेलहरु कष्टपूर्वक कुर्लंदै

कर्णेलहरु कष्टपूर्वक कुर्लंदै

अहिले नेपाली सेनामा इन्फेन्ट्रीतर्फका मात्रै हैन, डाक्टर, इञ्जिनियर, पाइलटसम्मका फुल कर्णेलहरु तालिमतिर दौडिएका छन् ।

सहायक रथी (ब्रिगेडियर) हुनका लागि अनिवार्य चाहिने हायर कमाण्ड कोर्षमा हो, उनीहरु व्यस्त भएको । ०७१ सालदेखि शुरु भएको यो कोर्ष २५ देखि ३० जनाले गरिरहेका छन् । पुसको १५ गतेसम्म उनीहरु यो कोर्षमा रहन्छन् ।

नगरकोटस्थित वार कलेजमा यो तालिम चलिरहेको छ । पोखरा, सुर्खेत, विराटनगरको फिल्ड भिजिटमा पठाएको छ । चार महिने यी तालिमेलाई बंगलादेश पठाइने सम्भावना छ ।

टिप्पणीहरू