बेइजिङ ओलम्पिकमा जान रुसी राष्ट्रपतिको आह्वान

बेइजिङ ओलम्पिकमा जान रुसी राष्ट्रपतिको आह्वान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी फेब्रुअरीमा चीनको राजधानी बेइजिङमा हुन लागेको हिउँदे ओलम्पिकमा सहभागी हुन विश्वका सबै राष्ट्रलाई आह्वान गर्नुभएको छ । उहाँले गत साता भएको चिनियाँ राष्ट्रपतिसँगको भिडियो वार्तापछि उक्त आह्वान गर्नुभएको हो ।

पुटिनको उक्त धारणापछि प्रतियोगिताको उद्घाटन समारोहमा उहाँ बेइजिङ पुग्ने अड्कल गरिएको छ । हिउँदे ओलम्पिक आगामी फेब्रुअरी ४ देखि २० तारिखसम्म बेइजिङमा हुँदैछ ।

अमेरिकाले उक्त प्रतियोगिताबारे नकारात्मक धारणा सार्वजनिक गरिरहेको बेला रुसी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

टिप्पणीहरू