माला पसलमा आगलागी हुँदा चार प्रहरी घाइते

माला पसलमा आगलागी हुँदा चार प्रहरी घाइते

रुपन्देहीको लुम्बिनीमा आगलागी भएको छ । लुम्बिनी विकास कोष क्षेत्रभित्र रहेको एक माला पसलमा गए राति आगलागी हुँदा अन्य १२ वटा पसलमा पनि क्षति पुगेको छ ।

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका –६ बसपार्क क्षेत्रमा रहेका माला बेच्ने पसलमा राति करिब ३ बजे आगलागी भएको थियो । प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा झण्डै आधा घण्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।

रुपन्देही प्रहरी प्रवक्ता डियसपी नवरत्न पौडेलका अनुसार आगलागीबाट करिब १ करोड रुपैंया बराबरको क्षति भएको छ भने आगलागी नियन्त्रण गर्ने क्रममा जस्तापाताले पोलेर ४ जना प्रहरी घाइते भएका छन् ।

आगलागीबाट पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेको प्रहरीको भनाई छ । चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किदा आगलागी भएको प्रहरीको निष्कर्ष रहेको छ ।

टिप्पणीहरू