देउवासँग भाग नखोज्न शेखर कोइरालालाई गगन थापाको सुझाव

देउवासँग भाग नखोज्न शेखर कोइरालालाई गगन थापाको सुझाव

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उमेद्वार गगन थापाले आफ्नो समूहबाट सभापतिमा हार व्यहोरेका शेखर कोइरालाई भागबण्डाको राजनीति नगर्न सुझाएका छन्।

भागबण्डाको राजनीति तोडेर मतदाताले सुम्पेको जिम्मेवारी अनुसार काम गर्न उनले कोइरालालाइ सुझाव दिएका हुन् । थापाले नवनिर्वाचित सभापति देउवाले गुट त्यागेर पार्टीलाई एकतावद्ध बनाउन आग्रह पनि गरे । अघिल्लो कार्यकालमा हाक्काहाक्की गुटको बैठक गरेको भन्दै उनले गुटको नेता नबन्न देउवालाई सुझाव दिए ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन कोइराला समूहले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकाहरू अन्ततः पुरानै नेतालाई समर्थन गर्न पुगेकोमा भने प्रश्न गरिरहने बताए ।

टिप्पणीहरू