ई-पासपोर्ट वितरण शुरु

ई-पासपोर्ट वितरण शुरु

उपत्यकाका तीन वटै जिल्लाबाट विधुतीय राहदानी अर्थात् ई–पासपोर्ट वितरण कार्य सुरु गरिएको छ । राहदानी विभागको कार्यालयसहित काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण गरिने भएको हो ।

राहदानीका लागि आवेदन संकलन र वितरण सुरु भइसकेको विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले विधुतीय राहदानीको आवेदन लिने कार्यको शुभारम्भ गरेसंगै भक्तपुरबाट पनि विधुतीय राहदानी लिन सकिनेछ ।

तर, विधुतीय राहदानीको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । विधुतीय राहदानीलाई प्रचलनमा ल्याउँदै विभागले हिजोदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बन्द गर्ने निर्णय गरेको थियो ।

पुरानो मसिन रिडेबल राहदानीका लागि मंसिर २७ गतेसम्म टोकन लिएका सेवाग्राहीलाई मात्र एमआरपी जारी गरिने विभागले यसअघि नै जानकारी दिएको थियो ।

विभागले उपत्यका बाहिरका जिल्लाबाट पनि विधुतीय राहदानी वितरण सुरु गर्ने जनाएको छ ।

टिप्पणीहरू