नबिल एसएसई फेलोशिप प्रोग्राम आह्वान

नबिल एसएसई फेलोशिप प्रोग्राम आह्वान

नबिल एसएसई तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेण्टले नबिल एसएसई फेलोशिप प्रोग्राम २०२२ आह्वान गरेको छ ।

स्कुल अफ म्यानेजमेण्टले जिविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला तथा सामुदायिक हित, ऊर्जलगायत क्षेत्रमा देशभर सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त प्रोग्राम आह्वान गरेको हो ।

१८ देखि ५० वर्ष उमेर समूहभित्रका नेपाली नागरिकले यो कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

यस्तै आवेदकले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सँगको सम्बद्धता आवेदकले आफ्नो त्रिवि दर्ता नम्बर वा त्रिविको कुनै पनि संकायमा सम्बद्धता भएको प्रमाणित कागजपत्र पेश गरी आवेदन दिनुपर्नेछ ।

प्रशिक्षणको माध्यम (भाषा) अंग्रेजी र नेपाली दुवै हुनेछ । आवेदकसँग कामको सम्बन्धमा अंग्रेजी र नेपाली दुबै भाषाको जानकारी हुनुपर्नेछ । यद्यपि, भाषामा कुनै छेकबार छैन ।

न्यूनतम उपस्थिति प्रशिक्षार्थीले फेलोशिप प्रोग्रामको ६ महिना अवधिमा प्रत्येक महिना न्यूनतम ३ देखि ४ दिन उपस्थिति हुनुपर्नेछ । साथै, प्रशिक्षण सम्पन्न गर्न न्यूनतम ९० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेछ ।

यातायात तथा आवास खर्च प्रशिक्षार्थीले फेलोशिपमा भाग लिन आउँदा लाग्ने सम्पूर्ण यातायात खर्च आवेदक स्वयंले व्यहोर्नु पर्नेछ । सहभागी प्रशिक्षार्थीलाई बस्ने र खाने सुविधा उपलब्ध गराइने छ ।

फेलोशिप कार्यक्रमको आवेदन फर्म नबिल बैंकको वेबसाइट www.nabilbank.com मा पौष ९ गतेसम्म पठाउन सकिने छ ।

टिप्पणीहरू