कोरोनाबाट २ जना बिते, २ सय बढीमा संक्रमण

कोरोनाबाट २ जना बिते, २ सय बढीमा संक्रमण

आज कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । दुई सय ६४ संक्रमित थपिएका छन् । १३ हजार सात सय नौ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

आज तीन सय ६२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको छ । मुलुकभर अझै पाँच हजार आठ सय ८९ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५९ पुगेको छ । अहिले काठमाडौंमा सात सय ५५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८३ र ललितपुरमा पाँच सय ९५ जना संक्रमित छन् ।

टिप्पणीहरू