संसद घेरेर जनताको असली पावर देखाउन आह्वान

संसद घेरेर जनताको असली पावर देखाउन आह्वान

आज दिउँसो बोलाइएको संसदको हिउँदे अधिवेशनमा संसद भवन घेर्न आह्वान गरिएको छ । एमसीसीविरुद्धको संयुक्त संघर्ष समितिले उक्त आह्वान गरेको हो ।

दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर जुलुसका साथ नयाँ बानेश्वरस्थित संसद भवन घेर्न समितिले आग्रह गरेको छ । संसदको आजदेखि शुरु हुने अधिवेशनमा सरकारले अमेरिकी सहयोग परियोजना पारितको एजेण्डा पार्न सक्ने आकलन गरिएको छ ।

सोही सम्बन्धमा संघर्ष समितिले संसद घेरेर जनताको शक्ति प्रदर्शन देखाउन सबैलाई आग्रह गरेको हो ।

टिप्पणीहरू