संसद् छिर्नुअघि कोरोना परीक्षण

संसद् छिर्नुअघि कोरोना परीक्षण

संघीय संसद्को अधिवेशन शुरु हुनु एक दिनअघि सबै सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएपछि मात्र संसद् भवनभित्र छिर्न अनुमति दिइने भएको हो ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत प्रतिनिधि सभा एवम् राष्ट्रिय सभाका सबै सांसदको एन्टिजेन परीक्षण गरिने छ ।

त्यस्तै, संघीय संसदका महासचिव तथा सचिवहरु, कार्य व्यवस्था महाशाखा, संसद् सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखालगायत सम्बन्धित महाशाखाका कर्मचारी, मर्यादापालक तथा सुरक्षाकर्मीहरुको पनि कोरोना परीक्षण हुने भएको छ ।भोलि बिहान ११ बजेदेखि ३ बजेसम्म संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

संसद्को हिउँदे अधिवेशन पर्सि मंगलबार दिउँसो २ बजे बोलाइएको छ ।

टिप्पणीहरू