काठमाडौं महानगरले यसरी मनाउँदैछ महानगर दिवस

काठमाडौं महानगरले यसरी मनाउँदैछ महानगर दिवस

काठमाडौं महानगरपालिकाले तीन दिन महानगर दिवस मनाउने तयारी गरेको छ । महानगरपालिकाले भोलिदेखि २९ गतेसम्म तीन दिन महानगर दिवस मनाउने निर्णय गरेको हो ।

महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलका अनुसार २०५२ सालमा काठमाडौं महानगरपालिका घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसको रुपमा मनाउन थालिएको हो ।

२७ औँ महानगर दिवसमा, सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोपको शुरुवात तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजना हुँदैछ ।

प्रवक्ता डंगोलले भन्नुभयो, ‘यो वर्ष २७ औँ महानगर दिवस मंसिर २७, २८ र २९ गते तीन दिन मनाउने निर्णय भएको छ । विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।’

टिप्पणीहरू