पोखरामा सडक महोत्सव मनाइदैं

पोखरामा सडक महोत्सव मनाइदैं

पोखरामा यो वर्ष पनि सडक महोत्सव मनाइने भएको छ । अंग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव मनाउन लागिएको हो । आगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने जानकारी दिइएको छ ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराद्वारा समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता भन्ने मूल नाराका साथ महोत्सवको प्रारम्भ गर्न लागिएको हो । महोत्सवले पर्यटक क्षेत्रलाई चलायमान बनाउने विश्वास लिइएको छ ।

कोभिड महामारीलाई ध्यानमा राखेर कार्यक्रम आयोजना हुने जनाइएको छ । पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने ठानिएको छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, डुंगा दौड, वाटर रेस, टग अफ वारजस्ता प्रतियोगिता व्यवस्था गरिएको छ । सडक महोत्सव पोखराको तीन किलोमिटर क्षेत्रमा गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू