काँग्रेसलाई सम्झाउन जान्छु भनेर निस्कनुभएका ओलीले के भन्नुभयो ?

काँग्रेसलाई सम्झाउन जान्छु भनेर निस्कनुभएका ओलीले के भन्नुभयो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिनु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १४औँ महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई काँग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह समेत गर्नु भएको छ ।

उहाँले महाधिवेशको शुभकामना दिँदै भन्नुभयो, ‘नेपाली काँग्रेसले अरुको एजेण्डा बोकेर हिँड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

काँग्रेसको महाधिवेशनस्थलमा पुग्नुअघि एमाले अध्यक्ष ओली कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उहाँ त्यहाँबाट काँग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किनु भएको थियो ।

टिप्पणीहरू