अबदेखि विद्यार्थीलाई विद्यालयमै खोप

अबदेखि विद्यार्थीलाई विद्यालयमै खोप

सरकारले करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । आगामी पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाएको हो ।

त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ गतेभित्र सञ्चालन गरिने छ । हाललाई जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर विद्यालयमा रहेका विद्यार्थीहरुको तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको जानकारी दिइएको छ ।

यसअघि फाइजर खोप अभियान सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा अब मोडर्ना खोप लगाइने छ ।

यसअघि फाइजर खोपहरु लगाइएका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा हुन् ।

टिप्पणीहरू