घरेलु खाजा नखुवाउने विद्यालयलाई सरकारको चेतावनी

घरेलु खाजा नखुवाउने विद्यालयलाई सरकारको चेतावनी

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सरकारले तोकेको बाहेकका खाजा नवाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रअन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

पत्रमा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यायन गर्ने विद्यार्थीहरुलाई प्याकेटको तयारी खाजा नखुवाउन स्थानीय तहमार्फत सम्बन्धित विद्यालयलाई प्रष्ट निर्देशन दिइएको छ । केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेको गुनासो आउन थालेपछि शाखाले पत्र लेखेको हो ।

सरकारले आर्थिक वर्ष ७७/७८ देखि सबै सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गरेको छ । जसमा स्थानीयस्तरमा उत्पादन भएका खाद्यबस्तु हरुको उपयोग गरि साप्ताहिक रुपमा खाजाको मेनु तयार गर्नुपर्ने मापदण्ड बनाईएको छ ।

तर, कतिपय विद्यालयले सरकारको उक्त नीति विपरित बालबालिकाको स्वास्थ्य संवेदनशीलतामा असर पर्ने गरि बजारको तयारी खाजा खुवाउने गरेको भन्दै शाखाले स्थानीय तहमार्फत ध्यानाकर्षण गराएको हो । पत्रमा स्थानीय कृषकको आयस्तरमा सुधार गर्ने समेत दिवा खाजाको लक्ष्य भएकोले उक्त क्षेत्रमा निरुत्साहन हुने कार्य नगर्न भनिएको छ ।

टिप्पणीहरू